१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


पारा ओलम्पिकमा चीनको अग्रता कायमै


0
Shares

काठमाडौं, भदौ २६ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ ।

कुल २६ स्वर्ण पदकको साथ चीन शीर्ष स्थानमा रहँदा १५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ ।

यसैगरी १२ स्वर्ण पदक जितेको युक्रेन तेस्रो स्थानमा छ भने ८ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ ।

आयोजक ब्राजिल ५ स्वर्ण पदक जित्दै पाँचौ स्थानमा रहेको छ । पारा ओलम्पिक खेलकुदमा हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६३ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।