
नवलपरासी, भदौ २५ । नवलपरासीको बेलटारीस्थित त्रिभुवन उच्च माविमा हतियारसहित पुगेर आतंक मच्चाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गूठीसूर्यपूरा–७ का सुनील कमकर, सन्तोष कमकर र पक्लिहवा–४ का अशोक कुशवाह छन् ।
उनीहरुका साथबाट प्रहरीले एकथान एअरगनसहित ८५ थान गोली र एउटा स्प्रिङ चक्कु बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय, बेलटारीका निरीक्षक महेश्वर उपाध्यायकाअनुसार विद्यार्थी भर्नाको बहाना बनाएर उनीहरु हो–हल्ला गर्दै शुक्रबार दिउँसो त्रिभुवन उच्च माविमा पुगेका थिए ।
सुनील सोही विद्यालयको कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थी भएकाले केही विद्यार्थीहरुसँग रिसइबी रहेको र उनीहरुलाई त्रसित बनाउन हतियारसहित समूह लिएर पुगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्