१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बंगलादेशको कारखानामा विस्फोटपछिको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु


0
Shares

अपडेट

काठमाडौं, भदौ २५ । बंगलादेशको एक कारखानामा शनिबार विस्फोटपछि भएको आगलागीमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । आगलागीमा परेर अरु ७० जना घाइते भएका छन् ।

चारतले भवनमा रहेको कारखानामा विस्फोटकाबेला एक सयभन्दा बढी कामदार कार्यरत् रहेको बताइएको छ । विस्फोटलगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् । विस्फोटको कारण पत्ता लाग्न सकेको छैन ।

आगलागीका कारण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

बंगलादेशको ढाकामा गत वर्षपनि एक प्लास्टिक कारखानामा आगलागी हुँदा १३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)