
काठमाडौं, भदौ २५ । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच र विश्व नम्बर ३ स्टानिसलास वावरिन्का युएस ओपन टेनिसको फाइनलमा पुगेका छन् ।
शनिबार बिहान भएको खेलमा विश्व नम्बर १ सर्वियाका जोकोभिच १०औं वरीयताका फ्रान्सेली गेल मोनफिल्सलाई हराएर फाइनलमा पुगेका हुन् ।
जोकोभिचले मोनफिल्सलाई ६–३, ६–२, ३–६ र ६–२ को सेटमा हराए । जोकोभिच सातौंपटक युएस ओपनको फाइनलमा पुगका हुन् ।
यसैगरी, छैटौं वरीयताका जापानी खेलाडी केइ निशिकोरीलाई पराजित गर्दै तेस्रो वरीयताका स्टानिसलास वावरिन्का पनि फाइनलमा पुगेका छन् ।
वावरिन्काले ४–६, ७–५, ६–४ र ६–२ ले निशिकोरिलाई हराउँदै जोकोभिचसँगको उपाधि भिडन्त पक्का गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्