१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


म्यानचेस्टर डर्बी भिडन्त हुँदै, लेस्टरले लिभरपुललाई हराउला ?


0
Shares

काठमाडौं, भदौ २५ । इंग्लिस प्रिमियर लिगअन्तर्गत् शनिबार ८ खेल हुँदैछन् ।

नेपाली समयअनुसार साँझ सवा ५ बजे हुने पहिलो खेलमा दाबेदार टोली म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्ने छन् ।

‘म्यानचेस्टर डर्बी’कारुपमा वर्ल्ड ट्राफोर्डमा हुने यी दुई दाबेदारबीचको खेल रोचक हुने अनुमान गरिएको छ ।

त्यसैगरी, शनिबारै राति पौने ८ बजे ६ ओटा खेल हुँदैछन् । बर्नमाउथले वेस्टब्रोमको सामना गर्दा आर्सनल र साउथ ह्याम्पटन भिड्नेछन् ।

त्यस्तै, अर्को खेलमा वर्नले र हलसिटी भिड्दा मिडल्सब्रोले क्रिस्टल प्यालेसको सामना गर्नेछ भने स्टोक सिटी र टोटनह्याम तथा वेस्ट ह्याम युनाइटेड र वार्टफोर्ड भिड्नेछन् ।

शनिबारै राति सवा १० बजे हुने अर्को खेलमा साविक विजेता लेस्टर सिटीले लिभरपुलको सामना गर्नेछ ।