
काठमाडौं, भदौ २५ । नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्य रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाइ अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले शुक्रबार संयुक्तरुपमा सो निवेदन दायर गरेका हुन् ।
पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको नेपाली भाषाको हिज्जे बदली पाठ्यक्रममा राख्ने निर्णयविरुद्ध उत्प्रेषणको आदेशले बदर गर्न निवेदनमा माग गरिएको छ ।
निवेदनमा भनिएको छ–‘वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषाविज्ञानको विषय हो, संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँगसमेत गहिरोरुपमा सम्बन्धित छ ।’
हिज्जे बदल्ने प्रक्रियागत निर्णयबाट हालसम्म सही मानेको शब्द र वर्णविन्यासलाई अर्कै बनाएर लेख्नुपर्ने बाध्यता रहेको निवेदनमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्