
काठमाडौं, २५ भदौ । भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिादैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ ।
दुई देशबीचका विभिन्न सन्धि–सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ । यो प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन् ।
चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए ।
‘चीन हुँदै भारत जाने थोरै हुन्छन्,’ उनले भने, ‘त्यही भएर पनि यस विषयमा कतै छलफल नभएको हो ।’
दुई देशीबीचको असमान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरू बताउाछन् ।
शुक्रबार सम्पन्न गृहसचिवस्तरीय बैठकमा आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो । –नयाँपत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्