१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


पाराओलम्पिकः पदक तालिकामा चीनको अग्रता कायमै


0
Shares

काठमाडौं, भदौ २५ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायमै छ ।

चीनले अहिलेसम्म २० स्वर्ण, १७ रजत र १२ कास्यसहित कुल ४९ पदक जितेको छ ।

त्यसैगरी, दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले १२ स्वर्ण, ६ रजत र ९ कास्य जितेको छ भने तेस्रो स्थानमा रहेको युक्रेनले ७ स्वर्ण, ६ रजत र १३ कास्यसहित २६ पदक जितेको छ ।

त्यसैगरी, तीन स्वर्ण, ८ रजत र ३ कास्यसहित १४ पदक जितेको अमेरिका चौथो, ३ स्वर्ण, ६ रजत र २ कास्य गरी ११ पदक जितेको ब्राजिल पाँचौं र ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकसहित अस्ट्रेलिया छैटौं स्थानमा छ ।