
काठमाडौं, भदौ २४ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् शुक्रबारको खेलमा नयाँबस्ती युथ क्लब र सातदोबाटो युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको १७औं मिनेटमा लिलाबहादुर थापाले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा आषिश लामाले गोल गर्दै सातदोबाटोलाई बराबरीमा ल्याए ।
पाँचौं चरणको खेलको समाप्तीसम्म लिगमा ११ अंकसहित एनआरटी शीर्ष स्थानमा छ भने १० अंकको च्यासल दोस्रो तथा ९ अंकको आरसीटी तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्