
काठमाडौं, भदौ २४ । ग्रान्डी अस्पतालले बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रिया सेवा सुरु गरेको छ ।
अस्पतालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी मोटोपनका कारण शरीरमा विभिन्न समस्या देखिएका बिरामीका लागि यो सेवा सुरु गरिएको जानकारी दिएको हो ।
मोटोपनका कारण उच्चरक्तचाप, मधुमेह, घुँडा दुख्ने, घुर्नेलगायतका समस्या भएका बिरामीले तौल कम गर्न नसकेको अवस्थामा बेरियाट्रिक तथा मेटाबोलिक शल्यक्रियाको माध्यमबाट तौल कम गराउन सकिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्