
काठमाडौं, भदौ २४ । वायु प्रदुषणका कारण विश्वमा दश जनामध्ये एकको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
विश्व बैंकका अनुसार यो संख्या धुम्रपानका कारण मृत्यु हुने ब्यक्तिको संख्या बराबर हो । विश्व बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार एक बर्षमा वायु प्रदुषणका कारण विभिन्न देशले अर्बौं अमेरिकी डलर बराबरको घाटा ब्यहोरिरहेका छन् ।
वायु प्रदुषण नियन्त्रणका लागि विश्व समुदायलाई अपील गर्दै विश्व बैंकले वायु प्रदुषण नियन्त्रणको विषयलाई हलुका ढंगले नलिन सचेत गराएको छ ।
यसअघिको अध्ययनले वायु प्रदुषणका कारण अल्जाइमर र मानसिक स्वास्थ्यमा असर पर्ने रोगहरुको संक्रमण हुनेसक्ने तथ्य सार्वजनिक गरेको थियो । विश्वमा चीन अरु राष्ट्रको तुलनामा सबैभन्दा बढी वायु प्रदुषण भएको देश हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्