
अर्मेनिया, भदौ २४ । अर्मेनियामा प्रधानमन्त्री होभिक अब्राहम्यानले राजिनामा दिने घोषणा गरेका छन् ।
सरकारी स्तरमा भएको छलफलमा उनले प्रधानमन्त्री पदबाट आफ्नो बहिर्गमनले राष्ट्रपति सेर्ज सार्कस्यानलाई नयाँ मन्त्रीमण्डल नियुक्त गर्न सजिलो हुने प्रष्ट पारेका छन् ।
देशको आर्थिक बृद्धि अति विलम्ब गतिमा अगाडि बढि रहेको र हिंसामा द्रुततर बृद्धि भईरहेको कारण देखाएर उनले राजिनामा दिएका हुन् ।
करिब ३० प्रतिशत अर्मेनियाली जनताहरु सरकारले निश्चित गरेको गरिबीको रेखामुनि रहेको एसियाली बिकास बैंकले जनाएको छ ।
सन् १९९५ मा मुलुकको संसदः राष्ट्रिय सभामा निर्वाचित भएपछि प्रधानमन्त्री अब्राहम्यानले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । राष्ट्रिय महत्वका बहूसंख्यक उच्च ओहोदा सम्हाल्दै राष्ट्रियसभाको अध्यक्ष पदको जिम्मेवारी समेत बहन गरिसकेका उनले सन् २०१४ को अप्रिलमा प्रधानमन्त्री पद सम्हालेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्