१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


उत्तर कोरियाले परमाणु परीक्षण गरेको आशंका, भूकम्पको धक्का महसुस


0
Shares

सोल, भदौ २४ । उत्तर कोरियाले परमाणु परीक्षण गरेको आशंका गरिएको छ । अमेरिकी भौगर्भिक संस्थाले भूकम्पको तीब्रता ५.३ म्याग्निच्यूड रहेको जनाएको छ ।

दक्षिण कोरियाले पनि उत्तर कोरियाले परमाणु बम परीक्षण गरेको हुन सक्ने आशंका गरेको छ । उत्तर कोरियाली भूभागमा भएको कम्पनबारे थप अनुसन्धान भइरहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

जमिनको माथिल्लो सतहमा कम्पनको केन्द्र रहेको भन्दै अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाद्वारा हाइड्रोजन बम परीक्षण गरिएको हुन सक्ने आशंका गरेका छन् । तर केही विज्ञहरुले हाइड्रोजन बमका लागि भूकम्पको सो धक्का पर्याप्त नभएको तर्क गरेका छन् ।

भूकम्पको केन्द्रबिन्दु उत्तर कोरियाली परमाणु परीक्षण केन्द्रकै आसपास रहेको जनाइएको छ । (एजेन्सी)