
सिरिया, भदौ २४ । सिरियाली विद्रोही संगठन अल नसुरा फ्रन्टका वरिष्ठ नेता अबु ओमर सकरावको मृत्यु भएको छ ।
वरिष्ठ नेता सकरावको एलेप्पो शहर नजिक भएको हवाई आक्रमणमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अल नसुराका नेता जवता फते सामले ट्वीटरमार्फत् कमान्डर सकरावको मृत्यु भएको बताएका हुन् । तर कुन देशले गरेको सैन्य हमलामा उनको मृत्यु भएको हो भन्ने खुलाइएको छैन ।
यो समूह पहिले अल कायदासँग नजिक थियो । अल नसुरा फ्रन्टले गत जुलाइमा आफ्नो नाम परिवर्तन गरेको थियो ।
सिरियाली विद्रोहीमाथि रसिया र अमेरिकाले हवाई हमला गर्र्दै आएका छन् । अबु ओमर सकराव र अन्य विद्रोही संगठनलाई एलेप्पो शहर नजिकैको कफर नाहा गाउँमा लक्षित गरी हवाई हमला भएको थियो ।
यो हमलामा अन्य विद्रोही समूहका वरिष्ठ नेता पनि मारिएको हुनसक्ने आशंका गरिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्