१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


तनावपूर्ण खेल बराबरीमा, एउटै खेलमा तीन खेलाडीले पाए रातोकार्ड (भिडियो)


0
Shares

काठमाडौं, भदौ २३ । सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् विहीबार भएको खेलमा खुमलटार युथ क्लबले टुसाल युथ क्लबलाई १–० ले हराएको छ ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा भएको खेलमा खुमलटारलाई विजयी गराउन सुरज राउतले १६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

विहीबारै भएको अर्को खेलमा दाबेदार न्यूरोड टिम (एनअआरटी)लाई च्यासल युथ क्लबले गोलरहित बराबरीमा रोकेको छ ।

हलचोक मैदानमा भएको खेलमा दुबै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

खेलको अन्त्यतिर दुबै टोलीका खेलाडीहरुबीच तनाव भएपछि खेल केहीबेर रोकिएको थियो ।

रेफ्रीले च्यासलका दुई तथा एनआरटीका एक खेलाडीलाई रातोकार्ड देखाएपछि खेल पुनः सुचारु भएको थियो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको एनआरटी र दोस्रो स्थानमा रहेको च्यासलबीचको खेल बराबरीमा सकिएपछि तालिकाको शीर्ष स्थानमा कुनै फेरबदल भएन ।

यी खेलहरुपछि ‘बी’ डिभिजन लिगको अंक तालिकामा ५ खेलबाट ११ अंक जोडेको एनआरटी शीर्ष स्थानमा कायमै छ ।

समान खेलबाट १० अंक जोडेको च्यासल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रानीपोखरी कर्नर टिम (आरसीटी)को ९ अंक छ ।

भिडियो हेर्नुहोस्