
काठमाडौं, भदौ २३ । नेपाल भाषा तथा लिपिको प्रबद्र्धन र नेवारी संस्कृतिको प्रबद्र्धनमा विशेष योगदान पुर्याएबापत यस वर्षको नारायणदेवी तीर्थ समाज सेवा पुरस्कार लिधंसा पासा पुचःलाई प्रदान गरिएको छ ।
नेवा देय् दबुको २२औं स्थापना दिवसको अवसर पारेर विहीबार राजधानीमा अयोजना गरिएको कार्यक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
यो वर्षको नारायणदेवी तीर्थ व्यवसायी प्रोत्साहन पुरस्कार नेपाल भाषामा माध्यामिक स्तरसम्मको पढाइ हुने काठमाडौं, चागलको जगतसुन्दर ब्वनेकुथिलाई प्रदान गरियो ।
यस्तै, ठाकुरलाल पुरस्कार प्रा. नर्मदेश्वरमान प्रधानलाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्