
काठमाडौं, भदौ २२ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबार भएका तीनओटै खेल बराबरीमा सकिएका छन् ।
मध्यपुर युथ एसोसिएसनले बाँसबारी क्लबसँग ३–३ गोलको बराबरीमा चित्त बुझाएको छ ।
मध्यान्तरसम्म ३–० ले अग्रता लिएको मध्यपुरले मध्यान्तरपछि ३ गोल खाँदै बराबरीमा चित्त बुझाएको हो ।
त्यस्तै, श्रीकुमारी र रानीपोखरी कर्नर टिम (आरसीटी)ले गोलरहित बराबरी खेल्दा ब्वाइज युनियन र पुल्चोक स्पोर्टस् क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।
यी खेलपछि १४ टोली सहभागी लिगमा १० अंकसहित एनआरटी शीर्ष स्थानमा कायमै छ भने च्यासल र आरसीटीको ९–९ अंक छ ।
सामाजिक युथ क्लबले भने अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्