२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


राजधानीमा हैजाको संक्रमण बढ्दै


0
Shares

काठमाडौं, भदौ २२ । अस्वस्थ्य खानेकुरा र दुषित पानीका कारण पछिल्लो समय राजधानीमा हैजाको संक्रमणले प्रकोपको रुप लिनसक्ने खतरा बढेको चिकित्सकहरुले बताएका छन् ।

मनसुन सुरु भएसँगै दुषित पानीका कारण राजधानीमा झाडापखालाका बिरामी देखिएपनि पछिल्लो समयमा त्यसले हैजाकै रुप लिएको चिकित्सकहरुले बताएका छन् ।

उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा हैजाका बिरामीको संख्या बढी रहेको पाइएको छ भने काठमाडौंको थानकोट, सतुंगल, भक्तपुरको च्यामासिङमा पनि दुषित खानेपानीका कारण हैजाको संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् ।

राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमासमेत दिनहुँ २० जनासम्म हैजाका बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।