
काठमाडौं, भदौ २२ । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले ग्रान्ड स्लाम टेनिसमा सर्वाधिक खेल जित्ने कीर्तिमान कायम गरेकी छन् ।
अमेरिकामा जारी यु.एस ओपन टेनिसअन्तर्गत मंगलबार राति भएको खेल जित्दै सेरेनाले ग्रान्ड स्लाम टेनिसमा सर्वाधिक ३ सय ८ खेल जित्ने कीर्तिमान राखेकी हुन् ।
यसअघि यो कीर्तिमान स्विस टेनिस खेलाडी रोजर फेडेररको नाममा थियो । राति भएको खेलमा सेरेनाले काजखस्तानकी यारोस्लाभा शेभेदोभालाई ६–२ र ६–३ को सोझो सेटमा जितन् ।
उता जर्मनीकी एन्जेलिक केर्बर प्रतियोगिताको सेमिफाइनलमा पुगेकी छन् । क्वाटरफाईनलमा ईटालीकी रोबेर्टा भिन्चीलाई ७–५ र ६–० को सोझो सेटमा हराउँदै दोस्रो वरियताकी केर्बर सेमिफाइनलमा पुगेकी हुन् ।
यसैगरी पुरुषतर्फ फ्रान्सका गेल मोन्फिल्स सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाईनलमा आफ्नै राष्ट्रका लुकास पाउलीलाई ६–४, ६–३ र ६–३ को सोझो सेटमा हराउँदै मोन्फिल्स सेमिफाइनलमा पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्