१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


काबुलको रक्षा मन्त्रालय परिसरमा विस्फोट, २४ जना मारिए


0
Shares

काठमाडौं, भदौ २१ । अफगानिस्तानको काबुलस्थित रक्षा मन्त्रालय परिसरमा गराइएका शृङ्खलाबद्ध बिस्फोटमा २४ जना माारिएका छन् ।

विस्फोटमा परेर ९० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा केही केही सेना र सुरक्षाकर्मी पनि रहेका छन् ।

राजधानी काबुलमा दुई वटा बिस्फोट भए लगत्तै उत्तर पश्चिम शहरमा तेस्रो बिस्फोट भएको र एक गेष्ट हाउसमा बन्दुकधारीहरुले आक्रमण गरेको बताइएको छ ।

घटनाको जिम्मेवारी तालीवान बिद्रोहीले लिएको छ । घाइतेहरुको अवस्था गम्भीर छ । घटना लगत्तै सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ । (एजेन्सी)