१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


डोनाल्ड ट्रम्प धार्मिक पूर्वाग्रही भएको आरोप


0
Shares

काठमाडौं, भदौ २१ । संयुक्त राष्ट्र संघका एक बरिष्ठ अधिकारीले अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प धार्मिक पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

नेदरल्यान्डमा भएका एक सुरक्षा सम्मेलनमा संयुक्त राष्ट्र संघका मानवअधिकार मामलाका उच्चायुक्त जैद राद अल हसनले अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पमाथि साम्प्रदायिक र धार्मिक पूर्वाग्रह फैलाउन खोजेको आरोप लगाएका हुन् ।

उनले नेदरल्यान्डसका कट्टरपन्थी नेता गिर्ट वाइल्डर्सले पनि कट्टरपन्थलाई आत्मसाथ गरेर राजनीतिक हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए ।

उनले ब्रिटेनका नाइजेल फराज र फ्रान्सका मरिन ले पेन इस्लामिक स्टेटका लडाकु जस्तै भएको भन्दै जसले हिंसालाई बढावा दिने क्रियाकलाप गरेको बताए । (एजेन्सी)