
काठमाडौं, भदौ २० । केशा ग्रुप एएनएलटीए एसियाली जुनियर टुर १४ वर्षमुनिको वरीयता टेनिस प्रतियोगिता सोमबारदेखि ललितपुरको सातदोबाटोमा सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत् सर्किट १ मा नेपालका विनय बतासले विजयी सुरुआत गरेका छन् ।
प्रतियोगिताको ब्वाइज सिंगल्समा विनयले भारतका अभिजित श्रीवास्तवलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेका हुन् ।
ब्वाइज सिंगल्समै भारतका शशिकान्त ठाकुरले नेपालका प्रसिद्ध मोक्तानलाई ६–१ र ६–० ले, भारतका एम्बिसियस गोल्डस्मिथले नेपालका छविलाल राउतलाई ४–६, ६–२ र ६–३ ले, भारतका अरिहन्त गोयलले नेपालका साम्पुकहाङ लिम्बूलाई ६–३ र ६–० ले पराजित गरे ।
ब्वाइज डबल्समा नेपालका विनय बतास र छविलाल राउतको जोडीले भारतका आदित्य अग्रवाल र नेपालका सामराज्ञा कट्वालको जोडीलाई ६–० र ६–० ले तथा भारतका शशिकान्त ठाकुर र श्रीकान्त ठाकुरको जोडीले नेपालका सम्यकभूषण बज्राचार्य र आर्यन गिरीको जोडीलाई ५–७, ६–१ र १०–८ ले हरायो ।
गल्र्स सिंगल्समा अल्शा रेग्मीले सर्वाभानी श्रेष्ठलाई ६–४ र ६–१ ले तथा सलोनी तामाङले एन्जल डंगोललाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरिन् ।
प्रतियोगिताको ब्वाइजमा नेपालका १५ र भारतका ११ गरी २६ खेलाडी सहभागी छन् ।
गल्र्समा नेपालका १३ र भारतका ५ सहित १८ खेलाडीले भाग लिएका छन् । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्