
काठमाडौं, भदौ २० । सन् २०१८ को विश्वकप छनोट फुटबलअन्तर्गत् सोमबार राति ९ खेल हुँदैछन् ।
नेपाली समयअनुसार राति पौने १० बजे जर्जियाले अष्ट्रियासँग खेल्दैछ । बाँकी सबै खेल राति साढे १२ बजे हुनेछन् ।
इटालीले इजरेलसँग, स्पेनले लिचेस्टेनसँग, सर्वियाले आयरल्यान्डसँग तथा वेल्सले मोल्डोभासँग खेल्दैछ ।
त्यस्तै, क्रोएसियाले टर्कीसँग, युक्रेनले आइसल्यान्डसँग तथा अल्बानियाले मेसेडोनियासँग खेल्नेछ ।
यसअघि, आइतबार रातिका खेलमा विजयी हुँदै जर्मनी र इंग्ल्यान्डले विजयी सुरुआत गरेका छन् ।
जर्मनीले नर्वेलाई ३–० ले तथा इंग्ल्यान्डले स्लोभाकियालाई १–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस्