११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


७ जनाको हत्या आरोपी रइस एअरपोर्टबाट समातिए, यस्तो छ शृंखलाबद्ध हत्या


0
Shares

शिवहरि भट्टराई (इमेज)
राजविराज, भदौ २० । सातजना व्यक्तिको हत्याको आरोप लागेका भारतीय नागरिक महमद मस्तकिम भनिने रइस मियाँलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरी प्रहरीले मियाँलाइ सार्वजनिक गरेको हो ।

सप्तरीमा चारजना र सुनसरीमा तीनजनाको हत्या गरेको आरोप लागेका मियाँ नेपाली पासपोर्टमा वैदेशिक रोजगारीका लागि विदेश जान लागेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

भारतको बिहार स्थायी घर रहेका रइस मियाँ सप्तरीको सारस्वरमा बस्दै आएका थिए ।

रइससहितको समूहले सप्तरीमा २०६९ सालमा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन, ०७० सालमा जन्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेको प्रहरीको आारोप छ ।

यस्तै, सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीनजनाको हत्यामा पनि मिया नै संलग्न रहेको प्रहरीले बताएको छ ।

प्रहरीको फरार सूचीमा रहेका उनी विदेश गइरहेको सूचनापछि प्रहरीले पक्राउ गरेको हो ।

रइसले कुनै बहानामा रकम लिने, त्यसपछि हत्या गर्ने र खाल्टो खनी गाड्ने अनि वैदेशिक रोजगारीमा जाने गरेको सूचनाको आधारमा खोजी गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ ।