
काठमाडौं, भदौ २० । उत्तर कोरियाले तीन वटा व्यालेष्टिक मिसायल परिक्षण गरेको छ । उत्तरले आफ्नो पूर्वी समुद्री तटिय क्षेत्रको पानीमा मिसायल परिक्षण गरेको छिमेकी दक्षिण कोरियाले जनाएको छ ।
मिसायलको प्रकार र तिनीहरुको मारक दूरी र क्षमताबारे भने कुनै सुचना प्राप्त हुन नसकेको दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले जनाएको छ ।
चीनमा जी ट्वान्टीको बैठकमा विश्व नेताहरुले भाग लिइरहेका बेला उत्तरले पछिल्लो मिसायल परिक्षण गरेको हो ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई आणविक परिक्षण वा व्यालेष्टिक मिसायल परिक्षणमा रोक लगाए पनि उसले यसलाई टेरेको छैन । पछिल्लो समय उत्तरले मिसायल परिक्षण अझै तिब्रता दिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्