११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


रुसबाट एक डब्बा आइसक्रिम बोकेर चीन पुगेका पुटिनले भने– ‘मैले बचन पुरा गरेँ’


0
Shares

बेइजिङ, भदौ २० । अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनमा आफ्नो स्वागतमा कन्जुस्याई गरिएको आरोप लगाइरहँदा रुसी राष्ट्रपति भ्लादिमर पुटिनले भने चिनियाँ राष्ट्रपतिबाट निकै आत्मीय र मित्रवत व्यवहार महसुस गरिरहेका छन् ।

रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच घनिष्ट मित्रवत सम्बन्ध रहँदै आएको छ । यसको उदाहरणस्वरुप रुसी राष्ट्रपतिले चीन भ्रमणका क्रममा ल्याएको एक डब्बा आइसक्रिमलाई लिन सकिन्छ ।

समाचार एजेन्सीहरुका अनुसार रुसी राष्ट्रपति पुटिनले चीन भ्रमणका क्रममा रुसबाटै एक डब्बा आइसक्रिम ल्याएका थिए । सो आइसक्रिम उनले चिनियाँ राष्ट्रपति जिनपिङका लागि ल्याएका हुन् ।

जिनपिङले रुस भ्रमण गर्दा रुसी आइक्रिम खाने गरेको र उनलाई रुसी आइसक्रिम निकै मनपर्ने कुरा रुसी राष्ट्रपति पुटिनलाई राम्ररी थाहा थियो । दुई नेताबीच बेलाबखत कुरा हुँदा पनि रुसी आइसक्रिमको विषयमा समेत चर्चा चल्ने गरेको बताइन्छ ।

यसै क्रममा जिनपिङले रुसी आइसक्रिमले आफूलाई निकै लोभ्याएको चर्चा पुटिनसँग के गरेका थिए, चीन भ्रमणका क्रममा पुटिनले चिनियाँ सकमक्षीका लागि आइसक्रिम बोकेरै गए ।

भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षीलाई आइसक्रिमको डब्बा दिदैं भने, ‘मैले तपाईलाई बचन दिएको थिए, रुसी आइसक्रिम ल्याउँछु भनेर, तपाईका लागि एक डब्बा आइसक्रिम लिएर आएको छु, मैले बचन पुरा गरेँ ।’

पुटिनलाई धन्यवाद दिदैं चिनियाँ राष्ट्रपतिले आइसक्रिमको डब्बा लिए । जिनपिङका अनुसार रुस भ्रमणमा जाँदा पनि यो आइसक्रिम खान उनी छुटाउँदैनन् । रुसबाट चीन फर्कने क्रममा आइसक्रिम लिएरै आउने गरेको र घरमा बसेर खाने गरेको पनि उनले सुनाए ।

पुटिन ‘जी–२० सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन् । (एजेन्सी)