७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तीन वर्षीया बालिका अजिंगरका अगाडि ‘डाक्टर’ बन्छिन्, गोहीको दाँत सफा गर्छिन्


0
Shares

जकार्ता, चैत २९ । अजिंगर, गोही देख्दा कसलाई डर लाग्दैन र ? आफ्नो छेउमा पुग्ने जनावर वा मानिसलाई यिनले क्षणभरमै आफ्नो आहारा बनाउन सक्छन् ।

कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई अजिंगर र गोहीको सामुन्ने कसरी छाड्न सक्छ ? तर, इन्डोनेसियामा एक परिवार यस्तो छ, जो आफ्नो तीन वर्षीया छोरीले अजिंगर र गोहीसँग खेलेको दृष्य निर्धक्कसँग पचाउँदै आएको छ ।