
काठमाडौं, भदौ १८ । अमेरिका र चीनले जलवायु परिवर्तनसँग सम्बन्धित प्यारिस सम्झौता अनुमोदन गरेका छन् । विश्वको कुल कार्बन उत्सर्जनमा अमेरिका र चीनको ४० प्रतिशत ओगटेका छन् ।
विश्वका २० प्रमुख अर्थव्यवस्था भएको मुलुकहरुको समूह ‘जी–२०’का सदस्य राष्ट्रहरुका प्रतिनिधि जलवायुसम्बन्धी सम्मेलनका लागि चीनको हाङझाउमा सहरमा भेला भएका हुन् । यही सम्मेलनमा चीनले प्यारिस सम्झौता अनुमोदनको घोषणा गरेको हो ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पुगेपछि अमेरिकाले पनि सम्झौता अनुमोदन गरेको हो ।
गत वर्षको डिसेम्बरमा विश्वका धेरैजसो देशले कार्बन उत्सर्जनमा कटौती गर्ने र विश्वको तापमान २ प्रतिशतभन्दा बढ्न नहुनेमा सहमति कायम गरेका थिए ।
अझैपनि प्यारिस सम्मेलनलाई विभिन्न मुलुकले अनुमोदन गरेका छैनन् । तर, अमेरिका र चीनले अनुमोदन गरेपछि भने उनीहरुमा दबाब बढेको छ ।
अमेरिका र चीनभन्दा अघि २३ देशले प्यारिस सम्झौता अनुमोदन गरिसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्