
काठमाडौं, भदौ १८ । कवि दुर्गालाल श्रेष्ठ शनिबार राजधानीमा सम्मानित भएका छन् ।
नेपाल भाषाका ख्यातिप्राप्त जनकवि श्रेष्ठलाई जगतसुन्दर ब्वनेकुथि माध्यमिक विद्यालय र लहना मिडियाले ललितपुरमा गरेको कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, योगेश वैद्य, भृगुराम श्रेष्ठ, निशा देशार, संगीता शाक्यलगायतले श्रेष्ठद्वारा रचित गीतहरु प्रस्तुत् गरेका थिए ।
यस्तै, जगतसुन्दर ब्वनेकुथिका विद्यार्थीहरुले जनकवि श्रेष्ठका गीतमा नृत्य गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्