
काठमाडौं, भदौ १८ । चीनको हुनान प्रान्तस्थित झाङग्जीयजीमा विश्वकै सबैभन्दा लामो र अग्लो स्थानमा रहेको सिसाको पुल सर्वधारणका लागि खुला गरिएको १३ दिनमै बन्द गरिएको छ ।
जरुरी ममर्तका लागि भन्दै पुल बन्द गरिएको हो । पुल कहिले पुनः खुल्ने भन्नेबारे केही खुलाइएको छैन ।
पुलमा कुनै दुर्घटना नभएको, पुल नचर्किएको र नभाँच्चिएको सरकारी भनाइ छ ।
४ सय ३० मिटर लामो यो पुलले दुईओटा पहाडलाई जोडेको छ । पुलमा ९९ टुक्राका तीन तहमा पारदर्शी सिसाहरु जोडिएको छ ।
गत डिसेम्बरमा निर्माण पूरा भएको ६ मिटर चौडा सिसाको पुल जमिनबाट ३ सय मिटर उचाइमा छ ।
यस पुलमा दैनिक ८ हजार व्यक्तिलाई हिँड्न दिइने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
इजरायली आर्किटेक्ट हैयम डोतानले यो पुलेको डिजाइन गरेको हुन् । चीनका अरु स्थानमा पनि पर्यटकमाझ सिसाको पुल निकै लोकप्रिय छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्