१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जुडो च्याम्पियनसिप खेल्न नेपाली टोली भारत जाँदै, फुपूल्हामु पनि प्रतिस्पर्धी


0
Shares

काठमाडौं, भदौ १७ । दशौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १९ सदस्यीय नेपाली जुडो टोली शनिबार भारतको केरलास्थित कोची जाँदैछ ।

क्याडेटको पुरुष ५० केजीमुनि लक्ष्मण जिसी, ५५ केजीमुनि रोशनबहादुर दोङ र ६० केजीमुनि सन्जोग भट्ट तथा महिला ४८ केजीमुनि शारदाकुमारी खत्री र ५२ केजीमुनि मनीता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् ।

जुनियर पुरुषतर्फ ५५ केजीमुनि किरण गदेल, ६० केजीमुनि सुदेश दोङ र ६६ केजीमुनि रामभक्त तामाङ तथा महिला ६३ केजीमुनि ओलम्पियन फुपूल्हामु खत्री, ७० केजीमुनि पुनम श्रेष्ठ, ५२ केजीमुनि अन्जु पाण्डे र ४८ केजीमुनि मनीष महर्जन पुटुवारले भाग लिनेछन् ।

प्रतियोगिता भदौ १९ देखि २६ गतेसम्म सन्चालन हुनेछ ।