१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पाकिस्तानविरुद्ध इङ्ल्याण्डलाई ४–० को अग्रता


0
Shares

लन्डन, भदौ १७ । पाकिस्तान विरुद्धको चौथो एक दिवसिय क्रिकेट म्याचमा इङ्ल्यान्ड चार विकेटले विजयी भएको छ ।

इङ्ल्यान्डको हेडीङ्लेमा गएराति भएको खेलमा पहिले व्याटिङ गरेको पाकिस्तानले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४७ रन बनायो । पाकिस्तानका लागि कप्तान अजहर अलीले ८० रन तथा ईमाद वासिमले अविजित ५७ रन जोडे । इङ्ल्यान्डका अदिल रसीदले ३ विकेट लिए ।

जवाफमा २ सय ४८ रनको मध्यम चुनौती घरेलु टोलीले ४८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । इङ्ल्यान्डको जीतमा बेन स्टोक्सको ६९ रन तथा जोनी बेयरस्टोको ६१ रन महत्वपूर्ण रह्यो । जितसँगै इङ्ल्यान्डले ५ खेलको एक दिवसिय शृङ्खलामा ४-० को अग्रता लिएको छ ।

पराजित टोली पाकिस्तानलाई भने पाँचौ तथा अन्तिम खेलपूर्व शृङ्खला ह्वाइट वास हुनबाट जोगाउन दबाब बढेको छ ।