२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाली र शुभेच्छुलाई युवा वर्ष मोती पुरस्कार


0
Shares

काठमाडौं, भदौ १६ । यो वर्षको युवा वर्ष मोती पुरस्कारबाट कवि गोविन्द नेपाली र रमेश  शुभेच्छुलाई पुरस्कृत गरिएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १५१औं जयन्तीको अवसरमा विहीबार नेपाली शिक्षा परिषदले आयोजना गरेको कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले पुरष्कार प्रदान गरेका हुन् ।

मोतीजयन्तीको अवसरमा गएको वर्षभरि दिवंगत भएका कवि तथा साहित्यकारहरुप्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।

कार्यक्रममा ‘शुभकामना भोलि’लाई विषयक ‘समस्यापूर्ति’ कवितावाचन पनि गरिएको थियो ।

राष्ट्रकवि माधव घिमिरेसहित उपस्थित कविहरुले शुभकामना भोलिलाई विषयक समस्यापूर्ति कवि सम्मेलनमा सहभागी भएका थिए ।