११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सात बालकको उद्धार, बालक लैजाने समातिए


0
Shares

धनकुटा, भदौ १६ । श्रमिककोरुपमा प्रयोग गर्न संखुवासभा लैजाँदै गरिएका सात बालकलाई धनकुटा प्रहरीले पाख्रिबासबाट उद्धार गरेको छ ।

रौता कन्ट्रक्सनले कोसी राजमार्गको संखुवासभाको नुममा काम गराउन लैजाँदा गरेको अवस्थामा विहीबार प्रहरीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएका बालक १३ देखि १४ वर्ष उमेरका रहेका छन् ।

बालकहरुलाई लिएर जाँदै गरेका उदयपुर ७ बासबोटेका नवीन राईलाई पनि प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।