
काठमाडौं, भदौ १६ । शिक्षाक्षेत्रमा लामो समयदेखि क्रियाशील डा. बाबुराम अधिकारीको अर्को परिचय थपिएको छ ।
नेपाली सांगीतिक आकाशमा उनी गीतकारकारुपमा उदाएका हुन् । ‘आफू पनि फूल जस्तै’ बोलको उनको पहिलो गीत हालैमा सार्वजनिक भएको छ ।
सिडी विजय अधिकारीले संगीत भरेको ‘आफू पनि फूल जस्तै’मा सिडी विजय र प्रेक्षा लम्सालले आवाज दिएका छन् । गीतको म्यूजिक भिडियो पनि यु–ट्युबमा सार्वजनिक गरिएको छ ।
साहित्य क्षेत्रमा योगदान गर्दै आएका अधिकारीको गीत भने पहिलो हो । उनका कथा, कविता तथा शिक्षाक्षेत्रसँगसम्बन्धी लेख–रचना प्रकाशित छन् ।
भारतको सिंघानिया विश्वविद्यालय राजस्थानबाट प्रारम्भिक बालविकासमा विद्यावारिधि गरेका गीतकार अधिकारी मनोमोहन मेमोरियल कलेजका निर्देशक हुन् ।
गोरखाको हंसपुर–३ मा जन्मिएका गीतकार अधिकारी सार्क शिक्षक महासंघका पूर्वउपाध्यक्ष हुन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वउपाध्यक्ष पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्