८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक ‘लोकतारा’ छनोट गरिँदै


0
Shares

काठमाडौं, भदौ १५ । इमेज च्यानलले लोककलाकारहरुको बृहत् प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक ‘लोकतारा’ छनोट गर्ने उद्देश्यले इमेज च्यानलले आयोजना गर्न लागेको लोकगीत गायन प्रतिस्पर्धालाई कसरी आकर्षक र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा बुधबार एक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरियो ।

राजधानीमा भएको कार्यक्रममा वरिष्ठ लोकगायकहरु कुमार बस्नेत, गणेश रसिक, तारा थापा, नन्दकृष्ण जोसी, तुलसी पराजुली, नवीन खड्का, पुरुषोत्तम न्यौपाने, हरिबहादुर राउतलगायत सहभागी थिए ।

यस्तै, नेपाल लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, रमेश विजीलगायतका कलाकारहरुले पनि लोककलाकार प्रतिस्पर्धात्मक कार्यक्रमलाई सफल बनाउने विषयमा धारणा राखेका थिए ।

उनीहरुले इमेज च्यानलले लोकसंगीतको विकासका लागि प्रशंसनीय काम गरेको भन्दै शुभकामनासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै इमेज ग्रुप अफ् कम्पनीजका अध्यक्ष आरके मानन्धरले लोककलाकार कार्यक्रमकाबारेमा प्रकाश पारेका थिए ।

लोककलाकार प्रतिस्पर्धाको पोखरा अडिसन यही भदौ २४ र २५ गते पोखराको जलमहल होटल घारीपाटनमा हुँदैछ ।

पोखरापछि धरान र काठमाडौंमा अडिसन आयोजना हुने कार्यक्रम रहेको छ ।

जुनसुकै उमेर समूह प्रतिभाहरुले प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतिस्पर्धाका विजेतालाई इमेज च्यानलले पुरस्कृत गर्नेछ ।