
काठमाडौं, भदौ १५ । हिन्दु धर्मावलम्बी महिलाहरुको पवित्र पर्व तीजलाई लक्षित गर्दै गायिका आशा शाहीले ‘नाचौं झुमेर, फनफनी घुमेर’ बोलको तीज गीत बजारमा ल्याएकी छन् ।
तीज गीत ल्याउने नाममा परम्परागत शैलीको गीतलाई पछाडी पार्दै भड्किलो शैलीका गीतहरु सार्वजनिक गर्ने होड चलिरहँदा गायिका शाहीले भने मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले ‘नाचौं झुमेर, फनफनी घुमेर’ बोलको तीज गीत ल्याएकी हुन् । श्रव्यदृश्य सहितको यो गीत युट्युबमा पनि उपलब्ध छ ।
पवि गुरुङको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीत संयोजन रहेको यस गीतको छायांकन उमङ्ग शाहीले गरेका हुन् भने गीतमा विनोद श्रेष्ठको सम्पादन तथा सागर लामा गोलेको निर्देशन रहेको छ । प्रभुत्तम फिल्मस् प्रा.लि.को व्यानरमा निर्मित गायिका शाहीको यस गीतले दर्शक तथा श्रोतालाई फरक मिठास र छुट्टै अनुभूति दिने विश्वास लिइएको निर्माण पक्षको भनाइ छ ।
गायिका शाहीले उक्त गीतमा चाडवाडको बेला नारीमा आउने कौतुहलता, चञ्चलता र भावुकतालाई समेट्दै प्रशस्त मनोरञ्जन दिने प्रयास गरिएको बताइन् । गीतलाई हेर्दा भड्किलो नहोस् भन्नेतर्फ प्रशस्त ध्यान पु¥याएको देखिन्छ । हिन्दु धर्मावलम्वी नारीले बास्तविक तीजको अनुभूति गर्न सकुन् भनि गीतमा मौलिक भेषभुषाको प्रयोग गरेको देखिन्छ । गायिका शाहीले नारीको पर्व मनाउने उत्साहलाई गीतमा समेटिएको बताइन् । गीतमा अनु शाही, बसन्ती रावल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्