
काठमाडौं, भदौ १५ । एक दिवसिय क्रिकेटमा सर्वाधिक ४ सय ४४ रनको कीर्तिमान बनाउँदै इङ्ल्यान्डले पाकिस्तान विरुद्धको शृङ्खला जितेको छ ।
इङ्ल्यान्डको ट्रेण्ट ब्रिजमा गएराति सम्पन्न तेस्रो एक दिवसिय खेलमा घरेलु टोली इङ्ल्यान्ड १ सय ६९ रनले विजयी भयो ।
खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाएर ४ सय ४४ रन बनायो ।
एक दिवसिय क्रिकेटको इतिहासमा एकै ईनिङमा ४ सय ४४ रन बनेको यो पहिलो अवसर हो ।
यसअघि एक दिवसिय क्रिकेटको सर्वाधिक योगफल बनाउनेक्रममा नेदरल्याण्ड्स विरुद्धको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर ४ सय ४३ रन बनाएको थियो ।
मंगलबारको खेलपछि श्रीलंकाको उक्त कीर्तिमान तोडिएको छ । इङ्ल्यान्डलाई कीर्तिमानी योगफलमा पु¥याउन अलेक्स हेल्सले सर्वाधिक १ सय ७१ रन बनाए ।
यसैगरी जोस बट्लरले अविजित ९० रनको योगदान दिए । जवाफमा ४ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४३ औं ओभरमा अल आउट हुनुपुर्व २ सय ७५ रन मात्रै बनाउन सक्यो ।
जितसँगै इङ्ल्यान्डले ५ एक दिवसिय खेलको शृङ्खला ३/० ले आफ्नो पक्षमा पारेको छ ।
प्रतिक्रिया दिनुहोस्