
काठमाडौं, भदौ १५ । हिरासतमा वा हिरासतबाहिर रहेका कुनै पनि व्यक्तिलाई यातना दिएमा पाँच वर्षसम्म कैदको प्रस्ताव गरिएको विधेयकलाई संसदले पारित गर्ने तयारी गरेको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले थुनामा रहेको वा अन्य कुनै व्यक्तिलाई यातना दिए पाँच वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।
संसदमा दुई वर्ष अघि नै दर्ता गरिएको विधेयकलाई व्यवस्थापिका–संसदको मंगलबारको बैठकले पारितको प्रक्रिया अघि बढाइएको हो । ‘यातना तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण कार्यलाई नियन्त्रण गर्ने’ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
कुनै व्यक्तिलाई यातना दिएको वा निर्मम अमानवीय व्यवहार गरेको प्रमाणित भए अदालतले पीडितलाई कसुरदारबाट ५ लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिने गरी आदेश दिन सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्