
फाइल फोटो
काठमाडौं, भदौ १४ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।
मंगलबार स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।
विभागका महानिर्देशक डा. पुष्पा चौधरीले विभागको गतिविधिकाबारेमा मन्त्री थापालाई जानकारी गराएकी थिइन् ।
जानकारीपछि मन्त्री थापाले आपूर्ति महाशाखा, स्टोर र बिमा कार्यक्रमको कार्यलयको निरीक्षण पनि गरेका थिए ।
सोमबारदेखि मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसँग काम–कारबाहीबारे ‘ब्रिफिङ’ सुरु गरेका थापाले सोमबार अनुगमन, चिकित्सक र योजना महाशाखाका प्रमुखसँगको ब्रिफिङ सुनेपछि सोही निर्देशन दिएका थिए ।
स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका लागि मन्त्री थापाले स्वास्थ्य क्षेत्रका विज्ञ डा. केदारभक्त माथेमा र पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग पनि भेट गरी छलफल गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्