
काठमाडौं, भदौ १४ । गायिका इन्दिरा जोशी र चलचित्र रेशम फिलिलीका निर्देशक प्रणव जोशीले एउटा युट्युव च्यानल निर्माणमा सहकार्य गरेका छन् ।
उनीहरुले युट्युवमा एनम्याग टिभी च्यानल शुरु गरेका हुन् । मनोसञ्जन क्षेत्रका सूचना प्रदान गर्ने र दर्शकलाई उत्कृष्ट मनोरञ्जनात्मक सामाग्री उपलब्ध गराउने उद्देश्यले च्यानल सुरु गरिएको उनीहरुको भनाई छ ।
गत शुक्रबारबाट शुभारम्भ भएको सो च्यानलमा दर्शकहरुले राम्रै प्रतिक्रिया जनाएका छन् ।
च्यानलमा विभिन्न मनोरञ्जनात्मक शोसमेत राखिने निर्देशक जोशीले बताए । उनले भने, ‘पाँच वर्षमा यो च्यानललाई दर्शकको च्यानल बनाउने लक्ष्य लिएर हामी अघि बढेका छौं ।’
गायिका जोशीले सोही च्यानलमार्फत आफ्नो नयाँ गीत ‘गर्लफ्रेण्ड’ सार्वजनिक गर्नेसमेत जनाइन् ।
कलाकारलाई एक प्रश्न राख्ने एउटा कार्यक्रम उक्त च्यानलमा निकै लोकप्रिय हुँदै गएको छ । सो कार्यक्रममो पहिलो शृंखलामा ‘कसैको नांगो शरीर देख्नुभएको छ ?’ भन्ने प्रश्न कलाकारहरुलाई सोधिएको छ, जसमा कलाकारहरुले जवाफ दिएका छन् भने दोस्रो शृंखलामा ‘तपाई अनलाइन डेट जानुभएको छ ?’ भन्ने प्रश्न गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्