
लिबिया, भदौ १४ । लिबियाको समुद्री तटबाट साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ ।
उद्धार गरिएका आप्रवासीमा इरिट्रिया र सोमालियासहित देशका नागरिक छन् । ४० वटा उद्धार अभियानअन्तर्गत असुरक्षित रुपमा समुद्री यात्रा तय गरेर युरोप प्रवेश गर्न चाहने आप्रवासीहरुको उद्धार गरिएको हो ।
लिबियाको साब्राथा शहरको २० किलोमिटरको क्षेत्रमा उद्धार अभियान चलाइँदै आएको छ । उद्धारका लागि इटालीसँगै युरोपियन युनियनको सीमा एजेन्सी तथा विभिन्न गैरसरकारी संस्थाका डुंगा प्रयोग गरिएको थियो ।
यसअघि आइतबार पनि सोही ठाउँबाट ११ सयभन्दा बढी आप्रवासीको उद्धार गरिएको थियो । बढ्दै गएको अस्थिरताका कारण लिबिया मानव बेचविखनको केन्द्र बन्दै गएको छ ।
सिरियामा जारी संघर्षका कारण गत वर्ष दश लाख आप्रवासी युरोपका विभिन्न मुलुक प्रवेश गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्