१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


एन्फामा चुनावी दौडधुप सुरु, को-को छन् अध्यक्षका दावेदार ?


0
Shares

काठमाडौं, भदौ १४ । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनको लागि उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ ।

कात्तिक ८ का लागि तय भएको निर्वाचनमा अध्यक्ष पदका लागि कम्तिमा पनि तीन जनाको उम्मेदवारी पर्ने देखिएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मनाङ मस्र्याङ्दी क्लबका संस्थापक एवं पूर्व अध्यक्ष टासी घलेले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि एन्फाको चुनाव रोचक हुने देखिएको छ ।

पछिल्लो सयम फुटबलबाट टाढा रहेका घलेलाई मनाङ मस्र्याङ्दी क्लबले एन्फा अध्यक्षको रुपमा अघि सारेको हो । घलेको उम्मेदवारी घोषणा भएसँगै अब अन्य दावेदारहरुले पनि आ–आप्mनो उम्मेदवारी सार्वजनिक गर्ने सम्भावना छ ।

एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि यसअघि अनौपचारिक कार्यक्रमहरुमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन् ।

यसैगरी पुर्व राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नाम पनि सम्भावित उम्मेदवारको रुपमा चर्चामा छ ।

टासी घलेले हिजो उम्मेदवारी सार्वजनिक गर्न आयोजित समारोहमा सम्भावित अन्य उम्मेदवारहरु नरेन्द्र श्रेष्ठ, कर्मा छिरिङ शेर्पा र विज्ञानराज शर्माको समेत उपस्थिति थियो ।

तत्कालिन एन्फा अध्यक्ष गणेश थापा फिफाबाट प्रतिबन्धमा परेपछि फिफाकै दबाबमा एन्फाको नयाँ नेतृत्व चयन हुन लागेको हो ।

अध्यक्षका लागि आकांक्षीहरु बढ्दै गए पनि एन्फाको विधानले समस्या पर्ने देखिएको छ । विधान अनुसार अध्यक्षको उम्मेदवारी दिन ५ जना प्रस्तावक तथा ५ जना समर्थक चाहिने व्यवस्था छ ।

दुई दशकसम्म एन्फा अध्यक्षको पद समालेका गणेश थापा फिफाबाट निलम्बनमा परे पनि एन्फाको चुनावी समिकरणमा भने उनकै समर्थन प्राप्त उम्मेदवारको पल्ला भारी हुने निश्चित छ ।