
ललितपुर, भदौ १३ । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित इन्टरनेसनल क्लब परिसरमा ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–१३ घर भएका ३१ वर्षीय सगुन शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
शेर्पालाई डिजेआई लेखिएको चार पखेटा भएको ड्रोनसहित नियन्त्रणमा लिइएको महनगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।
अभियुक्त शेर्पालाई आवश्यक कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्