४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


भोजपुरमा डेढ सय बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त, बिरामी मारमा (भिडियो रिपोर्ट)


0
Shares

राजन राई (इमेज)
भोजपुर, भदौ १३ । भोजपुरमा डेढ सयभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । अधिकांश स्वास्थ्यकर्मी काज र बिदामा बस्दा दरबन्दी रिक्त हुन पुगेको हो ।

स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा उपचारका लागि पुग्ने बिरामी भने मारमा पर्ने गरेका छन् ।

३ सय ८७ दरबन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा यतिबेला स्वास्थ्यकर्मीको अभाव भएको छ । जिल्ला अस्पताल भोजपुरमा ११ जना स्वास्थ्य कर्मीहरुको दरबन्दी रिक्त रहेको छ ।

जिल्ला सदरमुकाममा रहेको सुविधासम्पन्न एकमात्र अस्पतालमा स्वास्थ्यकर्मीकै अभाव भएपछि टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरु मारमा परेका छन् ।

गम्भीर प्रकृतिका बिरामी त जिल्लाबाहिर लानुको विकल्प नभएको सर्वसाधारण बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयकोमात्र हैन, जिल्लाभरका स्वास्थ्यचौकी तथा उपस्वास्थ्य चौकीहरुको पनि अवस्था उस्तै छ ।

जिल्लाभरमा गरी १ सय ७० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीको अभाव देखिएको हो ।

जिल्लाको कुल ३ सय ८७ दरबन्दीमध्ये १ सय ७० भन्दा बढी दरबन्दी रिक्त रहेको जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा. नवोलकिशोर झा बताउँछन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।