
काठमाडौँ, १३ भदौ । वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहालको दोस्रो कवितासङ्ग्रह ‘अन्धकारको यात्री’ विमोचन भएको छ ।
विराज समाजको साधारणसभाका अवसरमा सूचना चौतारी सञ्चार सहकारीले प्रकाशन गरेको उक्त पुस्तक नेपाल प्राध्यापक सङ्घका सभापति प्रा रामेश्वर उपाध्यायले विमोचन गर्दै कवितासङ्ग्रहले सामाजिक र सांस्कृतिक पक्षलाई समेटेको बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यले राष्ट्रको भावनालाई जीवन्त गराउन मद्दत पु¥याउँछ ।”
सञ्चार सहकारीका अध्यक्ष विपीन शर्माले आगामी दिनमा यस्ता कृति प्रकाशन गर्दै जाने जानकारी दिनुभयो ।
विसं २०४३ देखि नेपाली साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका दाहालको यसअघि २०५९ सालमा ‘साँध’ कवितासङ्ग्रह प्रकाशन भएको थियो । समाजद्वारा आयोजित उक्त कार्यक्रममा ओखलढुङ्गा विगुटारका शिक्षासेवी एवम् पण्डित चन्द्रलाल दाहाललाई सम्मान गरिएको थियो ।
विराज समाज ओखलढुङ्गा जिल्लाका विगुटार, राँगादीप र जन्तरखानी गाविसबाट काठमाडौँ आई बसोबास गर्ने र सम्बन्धित तीन गाविसमा सामाजिक कार्य सञ्चालन गर्दै आएको सचेत नागरिक समूह हो ।
प्रतिक्रिया दिनुहोस्