१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


ला लिगामा बार्सीलोना र लास पाल्मास विजयी


0
Shares

काठमाडौं, भदौ १३ । स्पेसिन ला लिगा अन्तर्गत आइतबार राती भएका खेलहरुमा बार्सीलोना र लास पाल्मास विजयी भएका छन् ।

च्याम्पियन बार्सीलोनाले एथ्लेटिक बिल्बाओलाई १-० ले हराएको हो । खेलमा बार्सीलोनालाई विजयी गराउन ईभाँ राकिटिचले निर्णायक गोल गरे ।

आइतबार राती भएको अर्को खेलमा लास पाल्मासले ग्रानाडालाई ५-१ ले हरायो । यसैगरी भियारीयाल र सेभिया तथा आलाभेज र स्पोर्टीङ गियोनले गोलरहित बराबरी खेलेका छन् ।

रातीका खेलहरुपछि ला लिगाको अंक तालिकामा दुई खेलबाट ६ अंक जोडेको लास पाल्मास शिर्ष स्थानमा छ ।

समान ६/६ अंक जोडेका बार्सीलोना र रियाल मड्रिड गोल अन्तरको आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।