
काठमाडौं, भदौ १३ । इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई हराएको छ ।
प्रशिक्षक पेप ग्वार्डीयोलाको प्रशिक्षणमा सिजनमा शत प्रतिशत विजयी नतिजा निकालेको म्यान्चेस्टर सिटीले राती वेष्ट ह्याम युनाईटेडलाई ३-१ ले हराएको हो ।
खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दुई तथा फर्नान्डिनोले एक गोल गरे । पराजित टोली वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए ।
जितसँगै म्यान्चेस्टर सिटी प्रिमियर लिगको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । लिगमा तीन खेल सकिंदा म्यान सिटीले ९ अंक जोडेको छ ।
समान ९-९ अंक जोडेका चेल्सी र म्यान्चेस्टर युनाईटड गोल अन्तरको आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्
प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको अर्को खेलमा वेष्टब्रोमले मिडिल्सब्रोसँग गोलरहित बराबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्