
काठमाडौं, भदौ १३ । इराकले साउदी अरबसँग बग्दादमा रहेको राजदूतलाई बदल्न आग्रह गरेको छ ।
ईरानका बारेमा साउदी राजदूत तमर अल सबहानले विवादित अभिव्यक्ति दिएको भन्दै इराकी विदेश मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
विवादास्पद भनाइका कारण इराकी शिया नेताहरुले राजदूतलाई देशबाट निकाल्न माग गरिरहेका थिए ।
ईरान समर्थित शिया अतिवादीले आफ्नो हत्याको षडयन्त्र गरिरहेको राजदूतको भनाइ साउदी टेलिभिजनमा प्रशारण भएपछि शिया नेता रुष्ट बनेका थिए ।
शिया बहुल इराक तथा सुन्नी बहुल सउदी अरबबीच लामो समयदेखि एकापसमा प्रतिद्वन्द्विता रहिरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्