६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


भारत भ्रमणको गृहकार्यमा जुट्दै प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं, भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् ।

३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो ।

यद्यपी, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही दिन भित्रै औपचारिक रूपमा प्रधानमन्त्रीले भ्रमणमा नेपाल पक्षले उठाउने एजेन्डाका विषयमा छलफल तथा परामर्श गर्ने तयारी गरेको छ ।

साथै प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत र आफ्नो परराष्ट्र सल्लाहकार नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध विस्तार र विकाससँग सम्बन्धि सम्झौतालाईै पहिलो प्राथमिकता दिने तयारी गरेका छन् । – राजधानी दैनिकबाट